तुलसीपुर खबरकर्मी विश्वकर्मा प्रतिभा पुरस्कारबाट सम्मानित

तुलसीपुर, २५ साउन ।

तुलसीपुर खवरडटकमका सहसम्पादक लक्ष्मण विश्वकर्मा पत्रकारिता प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस संगठन नेपाल दाङ शाखाले स्थापना गरेको प्रतिभा पुरस्कारबाट उनी सम्मानित भएका छन् । शनिवार घोराहीमा आयोजना गरिएको स्वर्गिय लोककुमारी रिजालको चौथो स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा उनी सहित दाङका अन्य पाँच जना पत्रकार सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको शहिद कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट केवी मसाल, प्रेस संगठन नेपाल दाङ शाखाले स्थापना गरेको शहिद कृष्णसेन ईच्छुक स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट शरद अधिकारी, प्रेस संगठनले स्थापना गरेको लोककुमारी रिजाल स्मृति पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रोत्साहन पत्रकारिता पुरस्कारबाट शान्त कुमार बुढामगर र अमृता भुसाल सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्ण बहादुर महराले खादा लगाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

 

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार
प्रतिक्रिया