युवा गायक प्रमोद गम्भिर बिरामी

तुलसीपुर, २४ साउन

युवा गायक प्रमोद खड्का गम्भिर बिरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निबासी १७ बर्षका युवा गायक खड्का बुधबार अश्वारा स्कुलमा फुटबल खेल्ने क्रममा चक्कर लाग्यो भन्दै उल्टी गरेर बेहोस भएका थिए ।

यो समाचार तयार पार्दासम्म युवा गायक खड्काको होस नआएको बुबा बेदु खड्काले जानकारी दिए । उनको अहिले नेपालगंज नर्सिङ कलेजमा भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ । उनको टाउकोमा ब्लड जमेको भन्दै चिकित्सकले बिहिबार अप्रेसन गरेपनि स्वास्थ्यमा खासै सुधार आएको छैन् ।

शिरशिर हावा र दाङ राम्रो फाँटैले बोलको लोक गित नेपाली बजारमा ल्याएर सानै उमेरमा चर्चा बटुलेका युवा गायक खड्काले कसम बोलको गित बजारमा ल्याउने तयारी गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया