जापानमा रहेरै नेपाली बजार तताउदै शान्ता

जापान, २२ साउन

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलो उपस्थिति जनाइरहेका लोक प्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जीसीको तीजगीत“बाहिर कुरा नगरे सैंले” भर्खर मात्र बजारमा सार्वजनिक भएको छ ।

निरन्तर तीजमा आफ्नो कोशेली पस्कने शान्ताले यसपालीमाया प्रेममा जोडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेकि छन ।  गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना गरेका छन् भने  आवाज सोनु र शान्ता जिसीको रहेको छ ।

प्रकाश धमलाको सम्पादन रहेको गितमा सुरेश श्रेष्टले छायछकंन गरेका छन् । गीतलाई अहिलेकी ख्याती प्राप्त चर्चित निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।

 

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया