घोराहीमा काँग्रेसले उम्मेद्धार टुङ्गो लगायो

घोराही,१५ जेठ ।

नेपाली काँग्रेसले घोराही उप–महानगरपालिकाको १९ वडाहरु मध्ये १८ वडाका वडा अध्यक्षहरुका उमेदवारको टुङ्गो लगाएको छ । वडा नम्बर १० बाहेक अरु वडामा उमेद्वारको टुङ्गो लागेको हो । वडा नम्बर १० का वारेमा भने केन्द्रले नै टुङ्गो लगाउने भएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ र २ ले सर्वसहमतिमा आइतवार १९ वडा मध्ये १८ वडा अध्यक्षहरुको नाम सर्वसहमतिमा चयन गर्न सफल भएको हो ।

जस अनुसार वडा १ मा किशोर पाण्डे,२ मा रामकुमार चौधरी,३ मा माधव चौधरी, ४मा दामोदर शर्मा,५मा विष्णुमणी दाहाल,६ मा रेवबहादुर बुढाथोकी, ७ मा भिमप्रकाश खड्का,८ मा चन्द्रप्रसाद चौधरी, ९ मा झग्गुप्रसाद रोका,११ मा कमलप्रसाद गौतम लाई उम्मेद्धार बनाईएको छ ।

यस्तै वडा नम्बर १२ मा निर्मल न्यौपाने,१३ मा भगतसिंह भण्डारी, १४ मा श्यामप्रसाद सुवेदी, १५ मा रमेशकुमार पाण्डेय,१६ मा लोकबहादुर खत्री,१७ मा बुझाउना चौधरी, १८ मा दिनेश अधिकारी र १९ मा ज्ञानबहादुर रायमाझीलाई काँग्रेसले वडा अध्यक्षको उमेदवार वनाएको छ ।।

प्रकाशित मिति : २०७४ जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया