तुलसीपुरमा पत्रकार देखी व्यापारी सम्म स्वाव संकलन गरियो

तुलसीपुर, २२ साउन ।

समुदाय स्तरमा कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन स्वाव संकलन गरिएको छ । कोरोनाको जोखिम बढ्दै जान थालेपछि समुदाय स्तरबाटै स्वाव संकलन गर्न थालिएको हो । यता तुलसीपुरमा समुदाय स्तर देखी अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार तथा स्वास्थ्यकर्मीको कोरोना परिक्षणका लागी नमुना स्वाव संकलन गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रर्वद्धन शाखा तुलसीपुरले जनाएको छ ।

तुलसीपुर क्षेत्रका पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , क्वारेन्टाइनमा बसेर घर फर्केका व्यक्ति, अति भिडभाड हुने सरकारी तथा गैर सरकारी कार्यालय , होटेल ,किराना तरकारी नाई पसल ,फेन्सी पसल, टेम्पो चालक ,यातायात मजदुर ,यातायत व्यावसायी,जनप्रतिनिधि, शिक्षक लगाएतको स्वाव संकलन गरिएको कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । उनका अनुसार ३०५ जनाको नमुना स्वाव संकलन गरिएको हो ।

यस्तैगरी राप्ति लाईफ केयर क्वारेन्टाइनवाट ३९ जना, मावि सेन्टर क्वारेन्टाइनमा वसेका व्यक्तिहरु ४८ जना, समुदायको घरमै पुगेर ४५ जना, बजार क्षेत्रका १७३ जनाको स्वाव संकलन गरिएको फोकल पर्सन केसीले जानकारी दिएका छन् ।स्वास्थ्य कार्यालय दाङको सहयोग तथा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको टोलीको व्यवस्थापनमा स्वाव संकलन गरिएको हो । जसका लागी एक दर्जन बढि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २२ गते बिहिवार
प्रतिक्रिया