जखेरा तालमा महरा डुङ्गामा सररर

शिवु खनाल

दाङ २१ साउन / पूर्वसभामुख कृष्णबहादुर महराले देउखुरीको पर्यटकीय स्थल जखेरातालको स्थलगत अवलोकन तथा भ्रमण गरेका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका महराले ताल वरपरका भौतिक संरचनाको बारेमा जानकारी लिएका थिए । पर्यटकीय क्षेत्र जखेरा तालको विकासको गतिलाई अझै तिब्र बनाउनु पर्ने उनले जोड दिए ।

पूर्वसभामुख कृष्णबहादुर महरा आफुहरुको अभिभावक भएको र जखेरा तालको दिगो विकासमा उहाँको सधैं उच्च योगदान रहनेमा आफुहरु आशावादी रहेको जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका महासचिव लोकमणी बन्जाडेले प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया