दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु

दाङ, २१ साउन ।

दाङमा कुलोमा डुवेर एक जनाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जनाकारी अनुसार घोराही १२ जगल्टे बस्ने ६५ बर्षिय मान बहादुर खड्का कुलोमा डुवेको अवस्थामा मृत फेला परेका छन् । मंगलवार बेलुकी पाँच बजेतिर सामान किन्न भनि घरबाट निस्केका खड्का साँझ अवेर सम्म पनि घर नआएपछि उनको खोजी कार्य गरीएको थियो ।

खोजी गर्ने क्रममा सोहि वडाको डाबर (घर देखी) झन्डै पाँच सय मिटर उत्तरपुर्व तर्फ कुलोमा डुवेको अवस्थामा बुधवार बेलुकी पाँच बजे मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया