नेपालमा बुधवार ३८१ जना कोरोना संक्रमित थपिए

काठमाडौ, २१ साउन ।

बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया