सरकारले यीनै १५ जिल्लामा ग¥यो निषेधाज्ञा

काठमाडौ, २१ साउन ।

कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि सरकारले एकै पटक एक दर्जन वढि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गृह मन्त्रालयका अनुसार कोरोना जोखिम भएको क्षेत्रको पहिचान गरी अनिश्चितकालका लागी निषेधाज्ञा जारी गरिएको हो । जसमा सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म यस अघि नै जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी)को बैठकले निषेधाज्ञा जारी गरेको छ ।झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६,७ र ८ मा पनि निषेधाज्ञा लगाइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्र, बझाङको थलारा गाउँपालिका–५ र केदारस्यू गाउँपालिका ६ र ७ मा निषेधाज्ञा लगाइएको छ ।दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया