मास्क नलगाउनेलाई कारबाही गरेर सल्यानमा १ लाख २७ हजार संकलन

 

तुलसीपुर, २१ साउन

जिल्ला प्रहरीकार्यालय सल्यानले मास्क नलगाउनेलाई कारबाही गरेर एक लाख बढी आर्थिक संकलन गरेको छ । १२ सय ७० जनलाई कारबाही गरेर एक लाख २७ हजार हजार आर्थिक संकलन गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख  ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

गएको असार २७ गतेदेखि घरबाहिर निस्कीदा मास्क नलगाउनेलाई कारबाही गर्दै आएको प्रहरीले प्रत्ति व्यक्ति एक सय रुपैयाँ जरीना गर्ने गरेको छ ।

 

१.लुहाम बजार १ जना कारवाही रु १००    ।- राजश्व दाखीला

२.थारमारे बजार २ जना कारवाही रु. २००।–राजश्व दाखिला ।

३.रिम बजार १जना कारवाही रु.१००।– राजश्व दाखिला ।

४.खलंगा बजार २० जना कारवाही रु.२,०००।– राजश्व दाखिला ।

५. श्रीनगर बजार १० जना कारवाही रु१,०००।– राजश्च दाखिला ।

६.बनगार बजार ३ जना कारवाही रु ३,००।– राजश्व दाखिला ।

७.कालिमाटी बजार ७ जना  कारवाही रु ७००।– राजश्च दाखिला ।

८.कपुरकोट बजार ४ जना कारवाही रु ४००।– राजश्व दाखिला ।

९.सिमाखोली बजार २० जना कारवाही रु २,०००।– राजश्व दाखिला ।

१०.काभ्रा बजार ५ जना कारवाही रु ५००।– राजश्व दाखिला ।

११.सल्लिबजार १३ जना कारवाही रु १३००।– राजश्व दाखिला ।

आजको जम्मा कारवाही संख्या ८६ जना,राजश्व दाखिला ८,६००।–

नोट:-आज सम्मको जम्मा १२७० जना राजश्व दाखिला १,२७,००० ।-

 

जिल्ला प्रहरी कार्याल सल्यान

प्रकाशित मिति : २०७७ साउन २१ गते बुधवार
प्रतिक्रिया