चिउरेगण्डामा ७० बर्षिय बृद्ध मृत फेला

दाङ,२० साउन ।

रुकुम पश्चिममा एक बृद्ध मृत फेला परेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका ४ बस्ने ७० बर्षिय तप्त बहादुर खडका मंगलवार विहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

गएको साउन १७ गते गाउँपालिका जान्छु भनि घरबाट हिडेका उनी वडा ३ चिउरेगण्डा भन्ने स्थानमा मृत अवस्थामा भेटिएको प्रहरीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया