मुख्यमन्त्री पोखरेल दाङ आउँदै

बिजौरी, २० साउन ।
पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल मंगलवार दाङ आउँदैछन् । जिल्लामा बुधबार(२१)गते आयोजना हुने विभिन्न कार्यक्रमको उद्घाटनका लागि मुख्यमन्त्री पोख्रेल दाङ आउन लागेका हुन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीका अनुसार बुधबार बिहान ८ बजे सर्वोदय पुस्तकालय तथा वाचनालय भवनको उद्घाटन, घरेलु तथा साना उद्योग कार्यालय दाङको नव निर्मित भवनको उद्घाटन कार्यक्रम तय गरिएको छ । त्यसैगरी दाङ जिल्लाको चौथो जिल्ला सभाको उद्घाटन कार्यक्रम रहेको छ भने नर्ती खानेपानी आयोजनाको उद्घाटन र गढवामा रहेको सर्पदंश उपचार केन्द्रको उद्घाटन कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया