योर्स ह्युमनली नेपालद्वारा राहतबितरण

काठमान्डौ, २० साउन

कोरोना भाइरसका कारण प्रभावित विपन्न परिवारलाई योर्स ह्युमनली नेपालले कोरोना रोकथाम सामाग्री सहित राहत वितरण गरेको छ ।
काठमाडौं महानगरपालिका –५ सितापाईलमा कारीब ४० परिवार, बुढानिलकण्ठ स्थित अनाथ बाल आश्रममा कारीब २० जना बालबालिकाको परिवार र ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेका अत्यन्त बिपन्न परिवार तथा ज्यालामजदुरी गर्ने श्रमिकहरुलाई राहतवितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

राहत स्वरुपमास्क, स्यनेट्राइजर, साबुन लगायत एक महिना धान्न सक्ने गरी खाधन्न सामाग्री वितरण गरेको छ । उक्त राहत बितरण कार्यक्रमसंग सँगै स्कुलजानबाट बन्चित भइरहेका बालबालिकहरुलाई घरमानै बसेर शैक्षिक गतिबिधी गर्न सक्ने गरी शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।
योर्स ह्युमनली नेपालमा मुख्य रुपमा शैक्षिक गतिबिधी र शिक्षाको क्षेत्रमा रहेर काम गर्ने संस्था भएता पनि विश्वभरी फैलिएको कोरोना भाइरसका काकारण विषम् परिस्थिती सिर्जना भएका कारण दैनिक जनजीवन चलाउन केही सहजहोस् र स्कुलजान बाट बन्चित बाल्बालिकाहरुलाई केही राहत र हौसला प्रदान गर्न सकियोस भन्ने उद्देश्यले यस्तो कार्यक्रमगरिएको योर्स ह्युमनली नेपालका सचिव भीमआचार्यले वताए ।

उक्तखकार्यक्रमखअन्तर्गत बुढानिलकण्ठ स्थित जनसेवकखबाल हित संरक्षण केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई सामाजिक दुरी कायम गराई चित्रकला प्रतियोगिता मार्फत बालबालिकाको मनोबल र उत्साह बढाउने काम गरिएको थियो ।

 

प्रकाशित मिति : २०७७ साउन २० गते मङ्गलवार
प्रतिक्रिया