लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील नियुक्त

काठमान्डौ, १९ साउन

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सीईओमा नियुक्ति गरेको हो ।

राष्ट्रिय योजना आयोगमा सदस्य रहेका भट्टले पूर्वाधार क्षेत्र हेरेका थिए ।

ठूलो लगानी भित्र्याउनका लागि सहजीकरण गर्ने उद्देश्‍यका साथ गठन गरिएको लगानी बोर्डमा यसअघि राधेश पन्त र राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारीले सीईओका रूपमा काम गरेका थिए ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया