तीजलाई भड्कीलो नबनाउँन आग्रह

तुलसीपुर १९ साउन

महिलाहरुको महान पर्व हरितालिका तीजलाई चट्कीलो र भड्कीलो पर्वका रुपमा नमनाउन एक कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।
चन्द्र तारा महिला समुहले तुलसीपुरको संगित नगरमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो धारना राखेका हुन् ।

टाढा–टाढाका दिदीबहीनीहरु जम्मा भएर एक आपसमा दुःखसुख्ख साट्ने तीज पर्व पछिल्लो समय महंगा गरगहना र शारी प्रर्दशन गर्ने पर्वका रुपमा विकसीत भएको भन्दै अरुलाई भन्दा पनि आफुलाई हेरेर पर्व मनाउन आग्रह गरेका थिए ।

 

महिला समुहका अध्यक्ष गिता पुनको अध्यक्षता तथा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतको प्रमुख आथित्यमा भएको कार्यक्रममा दलित सेवा संघका कार्यक्रम संयोजक छवि परियार, संगित नगर टोल विकास संस्थाका पूर्व अध्यक्ष तथा गायककार अमर नाथ , टोल सुरक्षा समितिका संयोजक लक्ष्मी कार्की, बाल क्लवका अध्यक्ष राजु विक, भानु पुन लगाएतले बोलेका थिए ।

 

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया