करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु

दाङ , १९ साउन ।

करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु भएको छ। घोराही १ हर्नोक निवासी ३७ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबहादुर रावतको सोमवार विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै सोहि घटनामा परि मृतकका बुवा घाईते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । आफनै मकै बारीमा जंगली बँदेल मार्नको लागि राखीएको विद्यतिय तारमा परि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । बारीमा जंगली बँदेल आएर मकै खाएर क्षति गर्न थालेपछि त्यसलाई मार्न उनीहरुले बारीमा करेन्ट जडान गरेको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया