लमही नगर अध्यक्ष केसी कार्यकर्ता भेट्न गढवा पुगेपछि…..

देउखुरी, १९ साउन
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लमही नगर कमिटीका अध्यक्ष कुलबहादुर केसीले गढवा गाउँपालिका नेकपा गाउँ कमिटी सदस्य तथा संघर्षशिल नेता डोरबहादुर वि.कलाई भेट गरेका छन् । उनी केहि सयम देखी विरामी अवस्थामा रहेको र उनको स्वास्थ्य अवस्था बुझ्न उनकै निवास पुगेका हु्न ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लमही नगर कमिटी अध्यक्ष तथा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी आईतवार नेता विकको घरमै पुगेर उहाँको स्वास्थ्य अवस्था बुझेका हुन् ।

साविक गंगापरस्पुर गा.वि.स ५ निवासी हाल गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निबासी बामपन्थी नेता तथा गाउँ कमिटी सदस्य, गढवाका संघर्षशिसल, गरीब उत्पिडित वर्गको हकहितको लागी सधै अग्रपङ्तिमा रहेर सङ्घ्रर्ष गर्दै आएका नेकपा नेता बिक बिरामी भै थला परेको र उनको स्वास्थ्य अबस्था बुझ्न उनकै निबास पुगेर वि.कको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया