खोलाले बगाउँदा रनियापुरमा एक वृद्धको मृत्यु

तुलसीपुर, १८ साउन

तुईसोता खोलाले बगाउँदा तुलसीपुरको रनियापुरमा एक वृद्धको मृत्यु भएको छ ।

शुक्रबार छोरीको घर जान भनेर हिडेका दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निबासी ६८ बर्षका हरि प्रसाद विक आइतबार दिउसो १२ बजे तुइखोलाको आमखोलामा मृत अवस्थामा फेला परेको   ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया