निषेधाज्ञा जारी हुदा बाँके जिल्ला सुनसान

दाङ, १८ साउन ।

बाँकेमा कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि निषेधाज्ञा जारी गरीएको छ । जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बिहिबार बसेको बैठकले तिन दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायका अनुसार जारी निषेधाज्ञा आउदो मंगलवार राती १२ बजे सम्म लागु हुनेछ । सरकारले बन्दाबन्दी खुकुलो पारे संगै चहलपहल सुरु भएको समयमा जिल्लामा निषेधाज्ञा जारी गरे संगै जिल्लाका प्रमुख बजार क्षेत्र पनि सुनसान बनेका छन् ।

जिल्लामा अत्यावश्यक सवारी साधन र खाद्यन्न बाहेक अन्य सम्पुर्ण व्यवसाय,पसल , कार्यालय, सवारी आवगमन ठप्प रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिएका छन् । निषेधाज्ञा जारी गर्नु अघि व्यापक प्रचार प्रसार गरिएकाले स्वतः स्फुर्त रुपमा नागरिकले नियमको पालना घरमै बसेको बताईएको छ । जिल्लामा अहिले अत्यावश्यक एम्बुलेन्स, शवबाहन, दमकल, कुटनितिक सवारी,पत्रकार र सवारी पास लिई हिडेका लामो दुरीका मालबहाक गाडी बाहेक अन्य सम्पुर्ण यातायातका साधनलाई रोक लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् ।

जिल्लामा विशेषगरी नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकालाई कोरोना जोखिम क्षेत्रको सुचीमा राखीएको उनले बताएका छन् । बाँकेमा हाल सम्म ४३७ जनालाई कोरोना संक्रमण देखीएको छ । जसमा ५०\५५ जनाको आईसोलेशनमा उपचार भईरहेको छ भने बाँकी अन्य संक्रमित उपचार पछि निको भईसकेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया