बाढिको भन्दा पहिरोको जोखिम धेरै,सर्तकता अपनाउन आग्रह

काठमाडौ, १८ साउन ।

बाढीको जोखिम कम भए पनि पहिरो भने जानसक्ने भएकाले भिरालो जमिन आसपासका बासिन्दालाई सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् ।पानी पर्न कम भएपछि बाढीको जोखिम कम भएको हो तर निरन्तर पानी परेर जमिन गलेकाले सानो पानी परे पनि पहिरो भने जानसक्ने मौसमविद्ले बताएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आईतवार) र भोलि (सोमवार)लगातार झरीको संभावना कतै पनि छैन ।तर मनसुन चलिरहेकाले देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम खालको पानी भने पर्ने संभावना छ ।यस्तै कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने र कतै कतै ठूलो पानी पनि पर्न सक्ने संभावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार
प्रतिक्रिया