भालुवाङमा सय वर्षिया बृद्धा माथि कुटपिट

भालुवाङ १७ साउन ।
दाङ देउखुरीको राप्ती गाउँपालिका १ पुल्चोक स्थित शिवालय मन्दिरको आश्रय (कुटी)मा बस्ने एक १ सय वर्षिया बृद्धामाथी कुटपिट भएको छ । डोटी जिल्ला घर भई हाल विगत ७ वर्ष देखि उक्त शिवालय मन्दिरको कुटीमा बस्दै आएकी ती बृद्धा माथी गएराती सडक किशोरले कुटपिट गरेको प्रहरीले बताएको छ ।
माताको रुपमा परिचित ती महिला माथी तुलसीपुर घर बताउने अन्दाजी १६÷१७ वर्षिय विवेक विश्वकर्माले कुटपिट गरेको भालुवाङ प्रहरीले जनाएको छ । ती बालक पनि केहि समय देखी भालुवाङ पुल्चोक क्षेत्रमा बस्दै आएको बुझिएको जनाईएको छ । उनले बृद्धा माथी आक्रमण गर्नुको साथै नगद र घाँटीमा रहेको सुनको सिक्री लुटेर लगेको प्रहरीले बताएको छ ।

Advertisement

ती बृद्धाको शरीरको विभिन्न भागमा चोट लागेको हुदा इलाका प्रहरी कार्यालय भालुवाङले उद्धार गरी सिसहनियाँ स्वास्थ्य चौकीमा उपचार गराई स्थानीय छविला विष्टको संरक्षणमा राखिएको छ । किशोरले कुटपिट गर्न थालेपछि ती बृद्धा चिच्चाएपछि स्थानियले थाहा पाएर घटना स्थल पुगेर बालकलाई नियन्त्रणमा लिएर जिम्मा लगाए पनि प्रहरीले कारवाही नगरी विहान छोडेको भन्दै विरोध हुदा प्रहरीले दाङ र कपिलवस्तुको सिमाना धानखोलाबाट ती किशोरलाई पुन पक्राउ गरी इलाका प्रहरी कार्यालय भालुवाङको हिरासतमा राखिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *