तुलसीपुर उपमहानगरको यस्तो आयो विज्ञप्ती

तुलसीपुर, १७ साउन

प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुस सहित पक्राउ परेको घटना प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको तुलसीपुर उपमहानगरपालिकाकाले जनाएको छ ।

‘राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो ।उपमहानगरपालिमा हामी आएको ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको योघटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।’ नगर प्रमुख घनश्याम पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नगरबासी सबैलाई दुखी बनाउने यसखालको घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रह विना सत्य तथ्य छानविन गरेर दोषिलाई आवश्यक कारबाही गर्न माग गर्दै विज्ञप्तीमा अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि संलग्नता देखिएमा कारबाहीका लागि सहयोग गर्न नगर प्रमुखको हिसावले तयार रहेको उल्लेख छ ।  प्रशासकीय अधिकृत उपाध्यायलाई शुक्रबार नाक ढुङ्गाबाट हिजो साँझ १४ लाख बढी रकम सहित अख्तियारले पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया