तुलसीपुरका हाकीम १४ लाख बढी रकम सहित पक्राउ परेको अख्तियारद्धारा पुष्टि

तुलसीपुर, १७ साउन

तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्याय १४ लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ ।

बा२झ ४०९९ नम्बरको सकारी गाडीमा सवार उपाध्यायलाई ४ लाख २९ हजार, ८ लाख ९५ हजार ४६ रुपैयाँ बैंक डिपोजीट गरेको भौचर तथा एक लाख २४ हजार ८ सय ५० रुपैयाँ १४ लाख ४८ हजार ८ सय ५० रुपैया  सहित पक्राउ गरको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार हिजो साँझ चन्द्रागीरी नगरपालिका–२ नाकढुङ्गाबाट पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियरले जनाएको छ । घुस प्रकरणमा अन्यको पनि सम्लग्न रहेको हुन सक्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार
प्रतिक्रिया