प्रमाण नष्ट गर्न बन कार्यालयमा आगजनी

तुलसीपुर, १७ साउन ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ७ मा रहेको धारापानी सामुदायिक बन समुहको कार्यालयमा आगजनी भएको छ । शनिवार विहान ६ बजेतिर बन कार्यालयमा आगलागी भएको हो । बन कार्यालयमा आगलागी भएको देखेपछि स्थानियले प्रहरीलाई गरेका थिए । आगलागीबाट बन समुहका कागजपत्र जलेर नष्ट भएका छन् । स्थानियका अनुसार कार्यालयमा कसले र किन आगजनी गरेको भन्ने आसंका भएता पनि योजनाबद्ध तरिकाले आगजनी गरिएको छ ।

Advertisement

प्रत्यक्षदर्शिका अनुसार कागजपत्र भएको ठाउँमा मात्रै आगलागी भएको छ । वन कार्यालयको ढोकामा लगाईएको ताला समेत खोलिएको छ भने कार्यालयमा रहेको दराज पनि खोलिएको हुदा अनियमितताको प्रमाण नष्ट गर्न बन समुहकै पदाधिकारीबाट यस्तो घटना घटाईएको हुन सक्ने ती उपभोक्ताले आसंका गरेका छन् । यदी कार्यालयमा भवितवी आगलागी भएको भए अन्य समान पनि जल्ने उनको भनाई छ । वन समुहका पदाधिकारीले लाखौ आर्थिक अनियमितता गरेको भन्दै स्थानिय उपभोक्ताले छानविनको माग गरेपछि विगत केहि महिना देखी उत्पन्न भएको विवाद अझै सुल्झिएको छैन ।

Advertisement

उक्त विषयको छानविनको माग गदै डिभिजन बन कार्यालय , स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिकामा समेत उजुरी परेको छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्म पनि उपभोक्ताले उजुरी दिएको स्रोतले बताएको छ । गएको असार अन्तिम साता उपभोक्ताले वन कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर जनप्रतिनिधि,बन समुहका पदाधिकारी,प्रहरी र राजनितिक दलको उपस्थितिमा झन्डै दुई हप्ता पछि ताला खोलिएको हो । यद्यपी तालाबन्दी गर्ने पक्ष संगै कुनै छलफल नगरी जवरजस्ती ताला खोलिएको थियो । जसले गर्दा वन कार्यालयमा आगलागी हुनु बन समुहका पदाधिकारीले प्रमाण नष्ट गर्ने उद्देश्यका साथ घटना भएको हुन सक्ने स्थानियले आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *