किसानले सिचाई गर्दा लाग्ने बिद्युत महसुल वडा कार्यालयले तिरीदिने

दिप्तीशिखा चौधरी,

दंगीशरण,१५ साउन ।
दंगीशरण गाउँपालिका वडा नम्वर ७ वडा कार्यालयले डिप बोरीङ्ग संचालन गर्दा आउने विद्युत महशुलको खर्च व्यहोर्ने भएको छ । वडामा रहेका विभीन्न डिप बोरीङ्ग संचालन गर्दा आउने विद्युत महशुल वडाले ब्यहोर्ने भएको हो । वडाको कोईराल डाँडाडिप बोरीङ्ग, बाँका डिप बोरीङ्ग, बोकटि डिप बोरीङ्ग र बुट्टीपुरमा रहेका लिफ्ट सिचाई आयोजनामा आउँने सम्पुर्ण विद्युत महशुल वडा कार्यालयले व्यहोर्ने वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए ।

वडाका किसानहरुलाई राहत पुगोस भन्ने उद्देश्यले सिचाईका लागी सन्चालन हुने डिपवोरिङमा आउने विद्युत खर्च आफुहरुले व्यहोर्ने वडा अध्यक्ष वलीको भनाई छ। कार्यालयले आउदो असार मसान्त सम्म विद्युत महसुल तिरीदिने अध्यक्ष वलीले बताएका छन् । वडामा अहिले ३ वटा लिफट सिचाई आयोजना संचालनमा रहेका छन् भने ४ वटा डिप बोरीङ्ग र ३ वटा लिफट सिचाई निर्माणाधिण अवस्थामा रहेको अध्यक्ष वलीले वताए । किसानहरुलाई आर्थिक भार नहोस् भनेर आफुले यस्तो योजना अघि सारेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया