दाङमा विहिवार थप दुई जनामा कोरोना पुष्टि

दाङ, १५ साउन ।

दाङमा विहिवार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणका क्रममा दाङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार राप्ती गाउँपालिका वडा नम्वर २ का २३ बर्षिय पुरुष र गढवा गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा वितेको ७२ घण्टाको अवधीमा १०८८ नुमना परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बाँकेका २०, प्युठानका १, बर्दियाका ८, सुर्खेतका २, कन्चनपुर, सर्लाही र अर्घाखाँचीका एक÷एक जनामा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

प्युठानमा थप दुई जनामा कोरोना पुष्टि
प्युठानका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा प्युठानका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।बिहिबार आएको प्रयोगशालाको नतिजा अनुसार, मल्लरानी गाउँपालिकाका ३० र ५८ बर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु क्वारेन्टाइनमै बसेकाहरु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ३७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया