विषादी सेवन गर्दा तुलसीपुरकी २१ वर्षिया युवती विरामी

तुलसीपुर, १५ साउन ।

तुलसीपुरमा एक युवतीले बिषादी सेवन गर्दा विरामी परेको अस्पतालले बताएको छ । तुलसीपुर १ निवासी २१ बर्षिया तुल कुमारी घर्तिले विहिवार विहान ११ बजेतिर नुभान नामक विषादी सेवन गर्दा विरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । उनको सोहि अस्पतालमा उपचार भईरहेको बताईएको छ । उनले विषादी सेवन गर्नुको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया