विद्युत सर्ट हुदा घरमा आगलागी,आठ लाख क्षति

दाङ, १३ साउन ।

रुकुम पश्चिममा आगलागी हुदा आठ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । सानिभेरी गाउँपालिका ३ ज्यामिरे बस्ने कामी पुनको २ तले ६ कोठे जस्ता पाताले छाएको घरमा एक्कासी विद्युत सर्ट हुदा मंगलवार राती साढे एक बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । आगलागी भएको भन्ने सुचना पाएलगतै प्रहरी सहायक निरीक्षक धन बहादुर खड्काको कमाण्डमा प्रहरी टोली पुगी स्थानियको सहयोगमा पौने चार बजेतिर आगो नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ । आगलागीबाट मानविय क्षति नभएपनि घरको अन्नपात,लत्ताकपडा र नगद दुई लाख गरी आठ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख ठग बहादुर केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया