चौरजहारी घटना सम्बन्धी प्रतिवेदन सरकारलाई पठाइयो

काठमाडौ, १३ साउन ।
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ सोती घटना छानबिन संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदन संघीय संसदले आवश्यक कार्यान्वयनका लागि सरकारलाई पठाएको छ । संघीय संसदको अधिवेशन नचलेको अवस्थामा प्राप्त प्रतिवेदन सरकारलाई पठाइको हो। सो प्रतिवेदन यही साउन ८ गते पठाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

गत असार ३० गते रुकुम घटना छानविनका लागि गठित संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले सभामुख सापकोटालाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएकोमा सो समितिले समयमै प्रतिवेदन बुझाएको हो।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया