प्रहरी व्युरोले समात्यो घोराहीमा लागुऔषध सहित ६ जना मानिस

दाङ, १२ साउन ।

लागु औषध सहित घोराहीमा ६ जना पक्राउ परेका छन् । घोराही १४ नयाँबसपार्क स्थित रोल्पा नुवागाउँ होटेलको कोठा नंम्वर ६ बाट उनीहरुलाई सामेवार दिउँसो चार बजेतिर १५ केजी लागु औषध सहित प्रहरी व्युरोले पक्राउ गरेको हो । पाँच नम्वर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी व्युरो टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका २५ बस्ने बर्ष ४० को सन्तोष गुरुङ, रोल्पा नगरपालिका १० बस्ने बर्ष २२ को आकाश बि.क, सोहि ठाउँ बस्ने बर्ष २२ को जित कुमार विक, थवाङ गाउँपालिका ५ बस्ने बर्ष ४० कि कमला घर्ती, परिवर्तन गाउँपालिका ४ बस्ने बर्ष ४५ कि जुनु बुढा र सल्यान बन्गाड नगरपालिका १२ बस्ने बर्ष २८ को डिल बहादुर विकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया