आपँ टिप्न रुख चढेका बालकको करेन्ट लागेर मृत्यु

दाङ, १२ साउन ।

सल्यानमा आँप टिप्न रुखमा चढेका एक बालकको करेन्ट लागेर मृत्यू भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका १४ बर्षिय बालक टोपेन्द्र बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौर स्थित सार्वजनिक स्थलमा रहेको आँपको रुखमा चढेर आँप टिप्ने क्रममा करेन्ट लागेर भुईमा खस्दा मृत्यू भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । सोमवार दिउसोँ करिब १२ वजे तीर साथीसँग आँप टिप्न उनी भट्टाचौर गएका थिए । बिद्युतको तारले रुखलाई छोएकाले करेन्ट लागेको प्रहरीको भनाई छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया