मास्क दिदै सय रुपैया जरिवाना तिराउदै नेपाल प्रहरी

दाङ, १२ साउन ।

सरकारले जारी गरेको निर्देशन कार्यन्वयन गर्न खटिएका नेपाल प्रहरीले मास्क नलगाएर घर बाहिर निस्कीएका नागरिकलाई जरिवाना गर्न थालेको छ । लामो समय सम्मको बन्दाबन्दीको अन्त्य गरे कोरोना भाईरस सक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन भनेको छ । तर सरकारको आदेश अवेज्ञा गरेको भन्दै रुकुम पश्चिममा प्रहरीले नागरिकलाई सय रुपैया जरिवाना गदै मास्क वितरण गरेको छ ।

नियम उल्लङघन गदै अटेरी गर्ने ६६ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम जनही एक सय रुपैयाका दरले कारवाही गरी ६ हजार ६०० राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । साथै १३१४ पुरुष र ४१४ महिला गरी १७३८ जनालाई सम्झाईबुझाई गदै मास्क लगाउन सिकाएको प्रहरीले बताएको छ ।यस्तै सल्यान प्रहरीले पनि मास्क बिना घर बाहिर निस्किएका नागरिकलाई एक सय रुपैया जरिवाना गदै आएको छ ।

प्रकाशित मिति : २०७७ साउन १२ गते सोमवार
प्रतिक्रिया