तुलसीपुरका ५ जनामा कोरोना पुष्टि

तुलसीपुर, १२ साउन

Advertisement

तुलसीपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेका विभिन्न वडाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । यसो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ ।

Advertisement

ति मध्य ६ सय ३ जना भने कोरोना मुक्त भैसकेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच भेरी अस्पतालमै गरिएको स्वाब परिक्षणमा बाँके राप्ती सोनारी गाउँपालिका ८ का २४ बर्षिय पुरुष र ४९ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

त्यस्तै प्युठान मल्लरानी गाउँपालिका ३ का एक जना २९ बर्षिय पुरुषमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *