हापुरेमा लागु औषध सहित मेडिकल सन्चालक पक्राउ

दाङ, ११ साउन ।

पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर ५ हापुरेमा लागु औषध सहित स्थानिय मेडिकल सन्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहि ठाउँमा प्रतिक्षा मेडिकलहलका संचालक ५४ बर्षिय कुसुमराम केसी रहेका छन् । प्रतिबन्धित TRAMADOL FYDROCHLORIDE CATSULES लागु औषध बेचविखन गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमाण्डमा गएको टोलीले सन्चालक केसीलाई लागु औषध सहित पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरी टोलीले आईतवार दिउँसो एक बजेतिर मेडिकलमा  MOLACED-500 Mg नामक पत्तामा १११ वटा क्याप्सुल लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । उक्त विषयमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ११ गते आइतवार
प्रतिक्रिया