दाङमा ३३ हजार बढिको स्मार्ट लाईसेन्स आउन बाँकी

दाङ, १० साउन ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ३३ हजार बढिको स्मार्ट लाईसेन्स आउन बाँकी रहेको छ । वितेको आर्थिक वर्ष २०७६÷७७ मा कार्यालयबाट ३३ हजार ३ सय सवारी चालक अनुमनि पत्र(लाईसेन्स) जारी भएको तर स्मार्ट कार्ड आउन बाँकी रहेको कार्यालयले बताएको छ ।गत आर्थिक वर्षमा विभिन्न सवारी साधनका लागी चालक अनुमति पत्र उक्त संख्यामा जारी भएको थियो ।
कार्यालयका अनुसार मोटरसाईकल चालक अनुमति पत्र(लाईसेन्स)२० हजार, जिपकार चालक अनुमति पत्र १२ हजार , अटो चालक अनुमति पत्र ८ सय र अन्य ५ सय जारी भएको थियो ।ती लाईसेन्सको स्मार्ट कार्ड आउन अझै केहि समय लाग्ने कार्यालयले बताएको छ ।यस्तैगरी वितेको आर्थिक वर्षमा १ हजार बढिको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परिक्षा हुन बाँकी रहेको कार्यालयले बताएको छ ।कार्यालयका प्रमुख मित्रलाल ढकालका अनुसार परिक्षा हुन बाँकी रहेको मध्ये मोटरसाईकलको ८ सय र जिपकार ३ सय रहेको छ । सवारी चालक अनुमति पत्रका लागी लिखित परिक्षामा उत्र्तिण भएका १ हजार १ सय जनाको प्रयोगात्मक परिक्षा हुन बाँँकी रहेको छ ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया