बाँकेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना

नेपालगन्ज १० साउन

बाँकेमा गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको एक पानी उद्योगलाई कारबाही गरिएको छ ।

बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको भन्दै २ लाख जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

पानी उद्यागले गुणस्तरहिन पानी विक्रीवितरण गर्दैआएको सूचनाका आधारमा कार्यालयबाट खटि गएको अनुगमण टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया