रोल्पामा एक हप्तापछि सिल र लकडाउन हट्यो

दाङ, १० साउन ।

रोल्पामा कोरोना भाईरस संक्रमणको जोखिम बढेपछि जिल्लाका दुई गाउँलाई सिल र लिवाङ बजारमा गरिएको लकडाउन हटाईएको छ । रोल्पा नगरपालिका वडा नम्वर ४ गुरुङगाउँ र वडा नम्वर १० को धवाङ गाउँलाई गएको शनिवार देखी सिल गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागी उक्त दुई गाउँमा गरिएको सिल र लकडाउन शुक्रवार देखी हटाईएको हो ।यस्तै सोहि नगरपालिकाको वडा नम्व १, २,३ र ४ लिवाङ बजार क्षेत्र पर्ने प्रमुख बजारमा गरिएको लकडाउन पनि हटाईएको छ ।

प्रकाशित मिति : २०७७ साउन १० गते शनिवार
प्रतिक्रिया