नेपालमा एक सय ३३ जनामा कोरोना सङ्क्रमण थपिए

काठमाडौ, ९ साउन ।
सरकारले लकडाउन हटाएसँगै कोरोना सङ्क्रमितको संख्या हरेक दिन २२ देखि २५ प्रतिशतका दरले थप भईरहेको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप एक सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ८७ जनाको परीक्षण गर्दा एक सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको संख्या १८ हजार तीन सय ७४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय सङ्क्रमित भने ५ हजार तीन सय ८३ रहेका छन् । कोरोना सङ्क्रमण मुक्त भई एक सय सात जना डिस्चार्ज भएका छन । हालसम्म सङ्क्रमण मुक्त हुनेको संङ्ख्या १२ हजार नौ सय ४७ पुगेको छ ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया