जंगली बदेलको मासु सहित एक जना प्रक्राउ

दाङ, ९ साउन ।

जंगली बदेलको मासु सहित एक जना पक्राउ परेको प्रहरीले बताएको छ । सल्यान कालिमाटी गाउँपालिका ५ मनिकापुर बस्ने ३० बर्षिय दुर्ग बहादुर रोकालाई प्रहरीले मासु सहित पक्राउ गरेको जनाएको छ । रोकाले विहिवार दिउँसो आफ्नै मकैबारीमा पासो हालेर जंगली जनावर बदेल मारी घरमा काट्न लागेको छ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । आबश्यक कारवाहीका लागी मासु सहित पक्राउ परेका रोकालाई डिभिजन बन कार्यालय खलंगा पठाईएको प्रहरी प्रमुख खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया