दाङमा थप तिन जनामा कोरोना पुष्टि

दाङ, ८ साउन ।

Advertisement

दाङमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पताल नेपालगन्जमा विहिवार कोरोना परिक्षण गर्दा तुलसीपुरका ३ जनाको रिपोट पोजेटिभ आएको हो । जसमा तुलसीपुर ४, ५ र ७ का क्रमश ३९, ३९ र २३ बर्षिय तिन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ । अस्पतामा वितेको २४ घण्टामा गरिएको २ सय २९ नमुना परिक्षण मध्ये तुलसीपुरका तिन जना र बर्दियाका एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दाङमा यो संगै कोरोना संक्रमित हुनेको संख्या ६५३ पुगेको छ । यस अघि संक्रमित मध्ये ३३ जनाको देउखुरी र बेलझुण्डी आईसोलेशनमा उपचार भईरहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *