अपराधमुक्त समाजका लागि मदिरा निषेधित क्षेत्र हुनुपर्छ : सिंह

दिप्तीशिखा चौधरी,दंगीशरण, ७ साउन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले अपराधमुक्त समाज निर्माणका लागि घरेलु मादक पदार्थ सेवनलाई रोक लगाउनु पर्ने बताएका छन् । समाजमा अपराधजन्य घटना घट्नुको मुख्य कारण लागुऔषध र मादकपदार्थ सेवन भएको बताउदै उनले यसलाई पूर्ण रुपमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् ।दंगीशरण गाउँपालिकाका राजनैतिक दल ,नागरीक समाज, जनप्रतिनिधि, समाजसेवि बुद्धिजिवि, प्रधानाध्यापक र स्थानीयहरु संगको टोल सुरक्षा सम्वन्धी गाउँपालिकामा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

उनले तुलसीपुर उपमहानगरपालिकाको नगर सभाबाट यसको बारेमा निर्णय भएको बताउदै उनले अब स्थानिय सरकारले मदिरा निषेधित क्षेत्र घोषणाका लागी अग्रसर हुनुपर्ने बताएक छन् ।समाजले साथ दिएमा मात्र प्रहरीले आफनो काम कर्तब्य अगाडि बढाउन सक्ने भन्दै यसका लागी प्रहरी र नागरीकहरुको समन्वय र सहकार्य गर्नका लागी प्रत्येक टोलमा टोल सुरक्षा गठन अभियानलाई अघि बढाईएको उनको भनाई छ ।

सोहि कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बालबालीकाको पहिलो पाठशाला भनेको घर र अभिभावक रहेको भन्दै आफनो छोराछोरीको रेखदेख अभिभावकले गर्नुपर्ने बताईन् ।बालबालीकाहरु यूवावस्थामा विग्रने भन्दै सत्य समाज निर्माणका लागि पारीवारीक र सामाजीक दायीत्व निर्वाह गर्नुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया