पुर्व सांसद बर्मन बुढाको अन्त्येष्टि

काठमाडौ, ७ साउन ।

कम्युनिष्टका पुराना नेता एवम् पूर्वसांसद बर्मन बुढाको बुधवार अन्त्येष्टि गरिएको छ । अन्त्यष्टि गर्नु अघि उनको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् ।पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

अन्तिम श्रद्धाञ्जली दिन सभामुख अग्नि सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमगर, नेकपा क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’, ऊर्जामन्त्री वर्षमान पुन, नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, नेताहरु सीपी गजुरेल, अमिक शेरचन, देव गुरुङलगायत नेता कार्यकर्ताहरु पशुपति पुगेका थिए । कम्युनिष्ट आन्दोलनका अगुवा बर्मन बुढाको बुधबार बिहान पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया