विप्लव कार्यकता हुँ भन्दै वडाअध्यक्ष र पत्रकारको साथबाट विभिन्न सामान जफत

दाङ, ६ साउन ।

नेत्र विक्रम चन्द विप्लव समुहको कार्यकर्ता हुँ भन्दै कपिलबस्तुमा वडा अध्यक्ष र पत्रकारको साथबाट विभिन्न सामान जफत गरिएको छ । जिल्लाको सितगंगा नगरपालिका ११ स्थित रजाली खोलामा सोहि वडाका वडाध्यक्ष कपिल आले, कपिलवस्तु बुद्धभूमी नगरपालिका (९ बस्ने पत्रकार अरुण आचार्य, सोहि ठाउँ बस्ने मनिष खनाल र जनक सारुको साथबाट विभिन्न सामान जफत भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उक्त समुहले मंगलवार ड्रोन मार्फत वडाको वृत्तचित्र नक्साङ्कन गरि फर्कने क्रममा आफुहरु विप्लव समुहका कार्यकर्ता भएको बताउने ५ जनाको समुहले उनीहरुको साथबाट मोबाईल, ड्रोन क्यामेरा, पैसा लगायतका सामान जफत गरेको प्रहरीले बताएको छ । सामान जफत गर्ने क्रममा उनीहरु माथी सामान्य हातपात समेत भएको प्रहरीले बताएको छ । उक्त घटनाको विषयमा ईलाका प्रहरी कार्यालय ठाडाबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया