धार्दिङमा पहिरोमा परि एकै परिवारका तिन जनाको मृत्यु

काठमाडौ, ६ साउन ।

लगातार बर्षात कारण आएको पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काका अनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया