कोही नहुनेको सरकार छ : सांसद शर्मा

शिवु खनाल,देउखुरी, ५ साउन
दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित जनता आवास कार्यक्रम मार्फत सोमबार रिमा नेपालीको घरको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्यास गर्नु भएको हो । ‘यो ढुक्क भयो । टिनको छानो, पक्की इट्टाको गारो, दुई ओटा कोठा, एउटा बरण्डा, शौचालय भएको घर बन्छ’प्रदेश सभा सदस्य शर्माले भन्नुभयो,–। ‘दलित विपन्न परिवारका नागरिकलाई सरकारले जनता आवास मार्फत पक्की घर बनाउने गरेको छ ।’
प्रदेश सभा सदस्य शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली, सहरी विकास तथा भवन कार्यालय दाङका प्रतिनिधि सत्यदेव यादव, वडा सदस्य जगनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी लगायतको उपस्थितमा घरको शिलान्यास गरिएको हो ।

‘उहाँलाई घरको चिन्ता सारै थियो । सधैं सोध्न आउनुहुन्थ्यो । अव घर बन्न थाल्यो ’वडा अध्यक्ष बिमबहादुर केसीले भन्नुभयो–‘जस्को कोही छैन । उसको पक्षमा काम गर्ने सरकार छ भन्ने यो गतिलो उदाहरण हो ।’ देश सभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्र दाङ १(ख)मा ४४ ओटा घर जनता आवास कार्यक्रम मार्फत घर बनाउन थालिएको छ । जिल्ला भरमा २ सय ६७ घर बनाउन थालिएको सहरी विकास तथा भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले जानकारी दिनुभयो । ‘विपन्न दलित, धार्मिक अल्पसंख्यक मुस्किल, लोपन्मुख जातिलाई पक्की घर बनाउने कार्यक्रम हो’उहाँले भन्नुभयो–‘एउटा घर बनाउन ३ लाख ३६ हजार रुपैयाँ सरकारले बजेट उपलब्ध गराउछ ।’ दाङमा जनता आवासको घर बनाउन आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड ९७ लाख १२ हजार बजेटबाट घर बनाउन थालिएको हो ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया