दंगीशरणमा वडा टोल सुरक्षा समिती गठन

दिप्तीशिखा चौधरी,दंगीशरण ५ असार ।
दंगीशरण गाउँपालिकाका विभीन्न वडाहरुमा टोल सुरक्षा समिती गठन गरिएको छ । दंगीशरण गाउँपालिका वडा नम्वर ३ चखौरामा छोटिराम चौधरीको संयोजकत्वमा १३ सदस्य रहने गरि टोल सुरक्षा समिती गठन गरिएको छ । यस्तै रावतगाउँमा हिरा चौधरीको संयोजकत्वमा १३ सदस्यीय रावतगाउँ टोल सुरक्षा समिती गठन गरिएको छ भने चितानपुरमा दिल कुमारी वि.क.को संयोजकत्वमा चितानपुर टोल सुरक्षा समिती गठन गरिएको छ । यसैबिच पदमपुरमा राधा रजौरेको संयोजकत्वमा पदमपुर टोल सुरक्षा समिती गठन गरिएको छ ।

एकलीमा तिलकराम वलीको संयोजकत्वमा टोल सुरक्षा समिती गठन गरिएको छ । यस्तै वडा नम्वर ४ को विरेन्द्रनगर टोलमा नेत्र बहादुर बुढाथोकीको संयोजकत्वमा टोल सुरक्षा समिती गठन गरिएको छ । वडा नम्वर ५ को मिरौलीमा खिम बहादुर थापाको संयोजकत्वमा टोल सुरक्षा समिती गठन गरिएको छ । वडा नम्वर ४ को गिठखोलीमा खड्ग बहादुर चौधरीको सयोंजकमा टोल सुरक्षा समिती गठन गरिएको छ । यस्तै वडा नम्वर ३ मा सुकलाल चौधरीको संयोजकमा टोल सुरक्षा समिती गठन गरिएको छ ।

विभीन्न टोलहरुमा सुरक्षा ब्यवस्था कायम गर्न, अपराध यूक्त समाज निर्माण गर्न तथा नागरकि र प्रहर विचको सम्पर्कलाई मजवुत बनाउँने उद्देश्यका साथ टोल सुरक्षा समिती गठन गरिएको ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाले बताए । शान्ती सुरक्षालाई मजवुत गराउनका लागि दंगीशरणका सबै वडाका टोलहरु वडा टोल सुरक्षा समिती गठन गरिने प्रहरी जवान टिका थापाले जानकारी दिईन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया