तिन जिल्लामा सन्चालित जलविद्युत आयोजनाबाट बिद्युत उत्पादन बन्द

काठमाडौ, ५ साउन ।
अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालनमा रहेका अधिकांश जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । काबेली करिडोर १३२ केभी प्रसारण लाइनमा तीन जिल्लामा सञ्चालनमा रहेका १७५ मेगावाट विद्युत् जोडिएको अहिले ४३ मेगावाट विद्युत् मात्रै प्रवाह भइरहेको छ ।
इलाममा रहेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा सोमबार दिउँसो १ बजेबाट विद्युत् उत्पादन बन्द भएको काबेली करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख दीपेन्द्रराज दुवेदीले जानकारी दिए ।

त्यहाँ नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत आयोजनाहरु सञ्चालित छन् ।यसैगरी, पाँचथरमा सञ्चालित विभिन्न आयोजनाहरुबाट ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा वर्षाका कारण ८ मेगावाट मात्रै उत्पादन भइरहेको छ । यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा पर्ने काबेलीमा विभिन्न आयोजनाबाट उत्पादन हुने ४० मेगावाटमा ३५ मेगावाट उत्पादन भइरहेको छ ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया