लकडाउनको अवधीमा दाङमा १३८ अपराधका घटना, सवैभन्दा धेरै आत्महत्याका घटना

दाङ, ५ साउन ।
दाङमा बन्दाबन्दीको समयमा अपराधका थुप्रै घटनाहरु भएका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लकडाउनको अवधीमा जिल्लामा विभिन्न खाले अपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङकले देखाएको छ । जसमा सवै भन्दा धेरै आत्महत्याका घटनाहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुमित खड्काले दिएको जानकारी अनुसार जिल्लामा झुन्डिएर आत्महत्या गर्नेको संख्या ८२ ,विषादी सेवन गरी आत्महत्या गर्नेको संख्या १६, आत्महत्या गर्ने दुरुत्साहन गरेको ४, लागु औषध ८, जवरजस्ती करणी १२, बालयौन दुरुपयोग सम्बन्धी ५, जवरजस्ती करणी उद्योग सम्वन्धी ८ र चोरी सम्वन्धी ३ वटा घटना भएका छन्

जसमा चैतमा झुन्डिएर आत्महत्या गर्नेको संख्या ११, बैशाखमा २५, जेठमा २३ र असारमा २३ वटा रहेको प्रहरी तथ्याङकमा उल्लेख छ । यस्तैगरी विषादी सेवन गरी आत्महत्या गर्नेको संख्या चैतमा ५, बैशाखमा ३, जेठमा ३ र असारमा ५ गरी १६, आत्महत्या गर्ने दुरुत्साहन गरेको चैतमा १, जेठमा २ र असारमा १ , लागु औषध सम्वन्धी बैशाखमा १ , जेठमा ६ र असारमा ५ ग, बालयौन दुरुपयोग सम्बन्धी चैतमा १ , बैशाखमा १ , जेठमा २ र असारमा , जवरजस्ती करणीमा बैशाखमा १, जेठमा ६ र असारमा ५, जवरजस्ती करणी उद्योग सम्वन्धी बैशाखमा २, जेठमा १ र असारमा र चोरी सम्वन्धी असार महिनामा ३ वटा घटना भएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया