दाङमा सवारी ज्यान सम्वन्धी मुद्धा दर्ताको संख्या घट्यो

दाङ, ५ साउन ।

दाङमा सवारी ज्यान सम्वन्धी मुद्धा दर्ताको संख्यामा कमी आएको प्रहरीको तथ्याङकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको तथ्याङक अनुसार वितेको आर्थिक वर्ष ०७६\७७ मा सवारी ज्यान सम्बन्धी ४८ वटा मुद्धा दर्ता भएका छन् । तर अघिल्नो आर्थिक बर्ष ०७५\७६ मा सवारी ज्यान सम्वन्धी ५८ वटा मुद्धा भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिएका छन् ।

उनका अनुसार वितेको आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षमा जिल्लामा सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता धेरै भएका छन् । विगतमा तिव्र गतिमा सवारी साधन चलाउनु, चालकको लापरबाही, मादक पदार्थ सेवन, सडकको दुरावस्था र ट्राफिक चेकजाँचमा प्रभावकारी नहुनुले विगतका वर्षमा सवारी दुर्घटना हुदा सवारी ज्यान सम्वन्धीका मुद्धा दर्ता धेरै हुने गरेको प्रहरीको भनाई छ । तर पछिल्नो समयमा ट्राफिक प्रहरीद्धारा चेकजाँचमा कडाई, चालकहरुलाई पटकपटक ट्राफिक सचेतना , बन्दाबन्दी हुदा कम सवारी साधन सन्चालन हुनु लगाएका कारणले पनि सवारी ज्यान सम्वन्धी मुद्धा दर्ताको संख्यामा कमी आएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया