तुलसीपुर ४ को सिर्सेखोलामा ह्युम पाईप राखेपछि सहज

तुलसीपुर, ५ साउन ।

तुलसीपुर ४ कल्लेखोला स्थित सिर्सेखोलामा ह्युम पाईप राखीएको छ ।तुलसीपुर रक्षाचौर ,घोरानेटी ,सुकिदह हुदै घोराही हापुर जोड्ने सडक खण्ड अन्र्तगत पर्ने सिर्सेखोलामा ह्युम पाईप राखीएको हो । बर्षातको समयमा खोलामा बाढि आउदा स्थानियहरु काठको पुलबाट जोखिम यात्रा गर्नुपर्ने अवस्था थियो । सिर्सेखोलामा बषौ देखी यस्तो समस्या थियो ।
खोलामा जोखिम भएकाले स्थानियले काठको पुल निर्माण गरी प्रयोग गदै आएका थिए ।

अहिले काठको पुल समेत जिर्ण भएको हुदा स्थानियले जोखिम यात्रा गर्नुपरेको थियो । सोहि समस्यालाई मध्येनजर गदै वडा नम्वर ४ का वडा अध्यक्ष बालकृष्ण रानाको पहलमा खोलामा ६ वटा ह्युम पाईप र जाली लगाए पछि अहिले सहज भएको स्थानियले बताएका छन् । खोलामा बाढि आउदा सवारी साधन समेत आवतजावत गर्न समस्या हुने गरेको थियो । खोलामा हिम पाईप राखेपछि धेरै सहज भएको स्थानिय दोलक बहादुर खत्रीले बताएका छन् । यस अघि बर्षाको समयमा सास्ती खेप्दै आएका स्थानियलाई अब धेरै सहज भएको उनको भनाई छ । पछिल्लो समयमा काठको पुल समेत जिर्ण भएको अवस्थामा खोलामा हिम पाईप हालेपछि स्थानिय खुसी भएका छन् ।

 

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार
प्रतिक्रिया